Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकैपटक १७ जिल्लाका सीडीओ फेरिए, ललितपुरमा रमेश ढकाल (सूचीसहित)

    एकैपटक १७ जिल्लाका सीडीओ फेरिए, ललितपुरमा रमेश ढकाल (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 561
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले एकैपटक १७ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

    मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।



    गृह मन्त्रालयले शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाहरुका सीडीओहरुको जिम्मेवारी हेरफेर गरेको छ ।



    मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ ।

    तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    यस्तै गणेश अर्याल पर्सा, लाल बहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाल दोलखाको सीडीओमा सरुवा भएको छ ।

    यस्तै टुकराज पोखरेलको धनकुटा, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्मी, भोला दाहालको सप्तरी र मोहनराज जोशीको डोटी सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार