Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अष्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने युवक पक्राउ

    अष्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 129
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौला रहेका छन् ।



    गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो ।



    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार