Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • खेतमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

    खेतमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 75
    SHARES

    बर्दिया । बर्दियामा जुवा खालबाट पाँचजना पक्राउ परेका छन् । जिल्लाको गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय राम लखन थारु, ३४ वर्षिय उपेन्द्र थारु, ३७ वर्षिय निसार बेहना र गुलरिया वडा नम्बर ८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।



    गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी परिचालन भएका थिए ।



    पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार