Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अस्थायी रुपमा सञ्चालनमा आयो तातोपानी नाका

    अस्थायी रुपमा सञ्चालनमा आयो तातोपानी नाका

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 51
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एक महिनाअघिको बाढी र पहिरोका कारण सडक तथा पुल बगाउँदा ठप्प रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ ।

    तातोपानी भन्सार कार्यालयका अनुसार भोटेकोशी नदीमा डाभइभर्सन बनाएर हिजोदेखि नाका सञ्चालनमा ल्याइएको हो । बाढीले लार्चा र लिपिङ भन्ने ठाउँमा पहिरोले पुल बगाएको थियो ।



    पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो । अहिले अस्थायी रुपमा मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको हो ।



    अहिले पनि कोदारी आसपासका सडकमा धेरै समस्या रहेको हुँदा जुनसुकै बेला अवरुद्ध हुने अवस्था रहेकाले जोखिम अझै हटिसकेको छैन । दशैँको मुखमै पहिरोले सडक बगाएपछि तातोपानी नाका हुँदै आउने सामान बीचमै रोकिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार