Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अस्थायी रुपमा सञ्चालनमा आयो तातोपानी नाका

अस्थायी रुपमा सञ्चालनमा आयो तातोपानी नाका

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । एक महिनाअघिको बाढी र पहिरोका कारण सडक तथा पुल बगाउँदा ठप्प रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार भोटेकोशी नदीमा डाभइभर्सन बनाएर हिजोदेखि नाका सञ्चालनमा ल्याइएको हो । बाढीले लार्चा र लिपिङ भन्ने ठाउँमा पहिरोले पुल बगाएको थियो ।

पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो । अहिले अस्थायी रुपमा मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको हो ।

अहिले पनि कोदारी आसपासका सडकमा धेरै समस्या रहेको हुँदा जुनसुकै बेला अवरुद्ध हुने अवस्था रहेकाले जोखिम अझै हटिसकेको छैन । दशैँको मुखमै पहिरोले सडक बगाएपछि तातोपानी नाका हुँदै आउने सामान बीचमै रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077