Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

    आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 51
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।

    पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउँदै आएको रास्वपाले निरन्तर प्रदर्शन गरिरहेको छ ।



    यसअघि, रास्वपाले पोखरामा प्रदर्शन गर्दै आएको थियो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले अब काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो ।



    सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । हिजो मात्रै कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार