Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • टी–२० नेत्रहीन विश्वकपका लागि नेपाली टोली घोषणा

    टी–२० नेत्रहीन विश्वकपका लागि नेपाली टोली घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 66
    SHARES

    काठमाडौं । चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोली घोषणा गरिएको छ ।

    नेत्रहीन क्रिकेट सङ्घ नेपालका अनुसार यही नोभेम्बर २२ देखि डिसेम्बर ३ अर्थात मङ्सिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा हुने विश्वकपका लागि रमेशबहादुर बानियाँको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।



    यही कात्तिक ४ र ५ गते मनमैजु, तार्केश्वर नगरपालिकामा रहेको एन्जल्स स्पोर्ट्स एकेडेमीमा १९ जना दृष्टिविहीन क्रिकेट खेलाडीमध्येबाट अन्तिम १५ खेलाडी छनोट भएका हुन् ।



    यसअघि गएको असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडी छनोट गरिएको थियो । अन्तिम छनोट भएका खेलाडीलाई तिहारपछि बन्द प्रशिक्षणमा राखिने छ ।

    अन्तिम १५ जना खेलाडीमा कप्तान बानियाँसहित उपकप्तान पदमबहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेमबहादुर क्षेत्री, निश्चल शिवाकोटी र भरत थापा रहेका छन् । यसैगरी प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी र पदम कार्की रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार