Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उपप्रधानमन्त्री पौडेल र एमसीसीकी प्रमुख कार्यकारीबीच भेटवार्ता

    उपप्रधानमन्त्री पौडेल र एमसीसीकी प्रमुख कार्यकारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 87
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबिच भेटवार्ता भएको छ ।

    उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।



    यस्तै अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गरेका छन् ।



    त्यस असरमा उनीहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार