Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालमा दाना चक्रवातको असर, यी भूभागमा आज हुनेछ वर्षा

    नेपालमा दाना चक्रवातको असर, यी भूभागमा आज हुनेछ वर्षा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 384
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ ।

    जसको प्रभावले कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।



    कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार