Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सिन्धुलीका एसपीमाथि किन भएन छानबिन ?

    सिन्धुलीका एसपीमाथि किन भएन छानबिन ?

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 357
    SHARES

    काठमाडौं । यतिवेला नेपाल प्रहरीका एसपीद्वय कमल थापा र नवराज कार्कीमाथि गम्भीर छानबिन भइरहेको छ । आर्थिक अनियमितता सम्बन्धी घटनामा उनीहरुमाथि छानबिन भइरहेको हो ।

    अर्का एसपी गोविन्दराज काफ्ले पनि आचरणसम्बन्धी गम्भीर विवादमा परेका छन् । तर, उनीमाथि अझै छानबिन सुरु भएको छैन । उनको कारण सिंगो संगठन नै बदनाम भइरहेको छ ।



    सिन्धुलीको प्रहरी प्रमुखका रूपमा कार्यरत एसपी काफ्ले रातको समयमा एक घरमा गएको देखिन्छ । सादा पोशाकमा रहेका उनी के उदेश्यले गए भन्ने खुल्दैन ।



    सो घरका व्यक्तिहरूले यो घरमा यस्तो हुन्छ भनेर कसले भन्यो भन्दै एसपीलाई केरकार गर्दे भिडियो बनाएका छन् । जसमा महिलासम्बन्धी विषय छ ।

    भिडियोमा एसपी रक्षात्मक देखिन्छन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस्तो गम्भीर विषयमा एसपीमाथि छानबिन नहुनुलाई प्रहरीभित्रै अनौठो मानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार