Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकारविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

    सरकारविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै रास्वपा, माइतीघरमा भेला हुन आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 138
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ ।

    कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि रास्वपाले सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा आन्दोलन गर्ने भएको हो ।



    अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो। प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको हो ।



    अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने बताएका छन् ।

    सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि नै पोखरामा समेत प्रदर्शन गरिरहेको छन् । यसैबीच रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार