Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सिनेमा हलमा नायक विराज भट्टले आमा खोजेपछि…

    सिनेमा हलमा नायक विराज भट्टले आमा खोजेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 459
    SHARES

    कैलाली । चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् ।

    दशैँको फूलपातीबाट दर्शनीमा आएको चलचित्र १२ गाउँको प्रमोसनका लागि उनीहरु धनगढी आएका हुन् ।



    कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि धनगढीमा छन् ।



    बिहिवार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिइन् ।

    अभिनेता विराज र समिर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए । त्यसपछि दर्शक दीर्घाबाट आमा स्टेज पुगिन्, छोरा र नातिलाई अङ्कमाल गरिन् । हुटिङले सिनेमा घर नै थर्किएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार