Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • केही व्यक्तिहरुबाट विश्वविद्यालय असुरक्षित भयो : शिक्षामन्त्री भट्टराई

    केही व्यक्तिहरुबाट विश्वविद्यालय असुरक्षित भयो : शिक्षामन्त्री भट्टराई

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 78
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले केही व्यक्तिहरूको कारण विश्वविद्यालय असुरक्षित बनेको बताएकी छिन् ।

    बिहीबार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।



    उनले विश्वविद्यालयहरू राजनीतिक दल र विद्यार्थी युनियनबाहेकको केही समूहको कारण असुरक्षित बनेको बताइन् । यस्तो अवस्थाको अन्त्य गर्न सरकारको हस्तक्षेप आवश्यक रहेको उनको भनाई छ ।



    उनका अनुसार ती समूहले विश्वविद्यालय परिसरमा लगातार उपस्थित रही, प्राध्यापकहरूलाई धम्क्याउने र विश्वविद्यालयको सामान्य प्रशासनिक कामकाजलाई बाधा पुर्याउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार