Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • छविलाल र लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान

    छविलाल र लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 183
    SHARES

    कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो ।



    रवि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुने भने छवि गोर्खा मिडियाका तत्कालीन सञ्चालक हुन् ।



    प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए ।

    अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार