Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हान्यो अश्रुग्यास

    रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हान्यो अश्रुग्यास

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 228
    SHARES

    पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

    कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका थिए ।



    रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको हो । सोक्रममा प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको छ ।



    वाई चोकमा प्रदर्शन गरिरहेका उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् ।

    त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् ।

    न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार