Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आईजीपी कुँवरले गरे पुलिस स्कुल चितवनको उद्घाटन

    आईजीपी कुँवरले गरे पुलिस स्कुल चितवनको उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 165
    SHARES

    चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्‌घाटन गरेका छन् ।

    आईजीपी कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच पुलिस स्कुलको उद्‍घाटन गरेका हुन् । उनले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गरेका थिए ।



    आईजीपी कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको बताए । नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताए ।



    आईजीपी कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिए ।

    प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत आईजीपी कुँवरले निर्देशन दिए।

    प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार