Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : शेखर कोइराला

    सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 54
    SHARES

    मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे।



    उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे ।

    मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको नेता कोइरालाको भनाइ छ ।

    नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार