Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 126
    SHARES

    दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन् ।

    बर्दियाका जन्मजय तिमल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन् ।



    शपथ लिएका मध्य तिमल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन्।



    मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार