Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • घुस काण्डमा कोशीका डीआईजी खापुङ पनि छानबिनमा

    घुस काण्डमा कोशीका डीआईजी खापुङ पनि छानबिनमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 750
    SHARES

    काठमाडौं । क्रिप्टोकरेन्सी मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ असुलिएको घटनामा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङ आफैँ पनि छानबिनमा तानिएका छन् ।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीसँग स्पष्टीकरण सोधेका छन् । मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टोकारोबार गर्ने समूहलाई धम्काएर पैसा असुलेको थियो ।



    इन्स्पेक्टर बिक्रम भट्टराईले त्यसरी पैसा लिएर एसपीलाई बुझाएका थिए । सो कुरा इन्स्पेक्टरले स्वीकार गरिसकेका छन् । त्यससम्बन्धी डिल एसपीका घुमुवाले गरेका थिए ।



    बदनाम रहेका ती घुमुवालाई हटाउन आईजीपीले डीआईजी खापुङलाई पहिले नै भनेका थिए । तर, मोरङमा खटाएको पाइएपछि आक्रोशित भएर आईजीपीले डीआईजी खापुङलाई कारबाही गर्न लागेका हुन् ।

    खापुङ यसअघि दरबारमार्ग वृत्तमा हुँदा गणेश लामाको समूहसँग हिमचिम देखिएपछि कारबाहीमा परेका अधिकृत हुन् ।

    मोरङको घुस काण्डमा डीआईजीकै भूमिका शंकास्पद देखिएकोमा उनी मातहतकै एसएसपी भिम दाहालको नेतृत्वमा छानबिन भइरहेकाले निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरिएको छ ।

    चलखेलकै कारण एसपी कार्कीलाई पीडितलाई प्रभावमा पारी उजुरी दिनबाट रोक्ने काम गरिरहेका छन् । जसमा डीआईजीको समेत अप्रत्यक्ष सहयोग देखिएको छ ।

    खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको शक्तिका कारण बढुवा र सरुवामा सधैं हावी हुँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार