Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पेश गरिँदै

    रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पेश गरिँदै

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 189
    SHARES

    काठमाडौं । सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गरिँदै छ ।

    बुधबार बयान नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई आज अदालत पेश गर्न लागेको हो । जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो ।



    सो म्याद आज सकिएको छ। म्याद थपका लागि लामिछानेलाई आज अदालतमा पेश गरिने कास्की प्रहरीले जनाएको छ ।



    अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ । लामिछानेलाई कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यता रास्वपाका नेता कार्यकर्ताले रविको रिहाईका लागि लगातार प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार