कैलाली । ‘१२ गाउँ’ फिल्मका निर्देशक तथा नायक विराज भट्ट आज धनगढी आउँदै छन् ।
उनी ‘१२ गाउँ’ का नायक समेत रहेका छोरा समीर भट्टसँगै बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेका हुन् ।
एसटिएस सिनेमा हलमा उनीहरु दुवै जना दर्शकसँगै १२ गाउँ हेर्नेछन् । भट्टले १२ गाउँ फिल्म र आफूलाई टिमलाई माया गर्ने दर्शकहरुलाई भेट्न धनगढी आउन लागेको बताए ।
सामाजिक संजाल फेसबुकमा भट्टले जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत दिएका छन् । फिल्म रिलिजको दोस्रो हप्तासम्म आइपुग्दा दर्शकको निकै ठूलो साथ र उत्साह पाएको उनको भनाई छ ।
Leave a Reply