Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • झापा दुर्घटना पछिको तनाव : दर्जनौँ सेल अश्रुग्यास प्रहार, ८ सुरक्षाकर्मी घाइते

    झापा दुर्घटना पछिको तनाव : दर्जनौँ सेल अश्रुग्यास प्रहार, ८ सुरक्षाकर्मी घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 267
    SHARES

    झापा । हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि झापाको केर्खामा तनाव उत्पन्न हुँदा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरिएको छ ।

    नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् ।



    आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।



    काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा स्थानीय मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बूको मृत्यु भएको थियो ।

    त्यसपछि घटनास्थल तनावग्रस्त बनेको थियो । बस र बस चालक शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय विशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार