Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लुम्बिनी प्रदेशमा थपिएका तीनैजना मन्त्रीहरूको शपथग्रहण आज

    लुम्बिनी प्रदेशमा थपिएका तीनैजना मन्त्रीहरूको शपथग्रहण आज

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 57
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दै छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एकजना मन्त्रीलाई बुधबार मन्त्रीमा नियुक्त गरेका हुन् ।

    कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई उनले मन्त्री नियुक्त गरेका हुन्। थपिएका तीनैजना मन्त्रीको शपथ आज हुँदैछ । उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ ग्रहण गराउने छन्।



    बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।



    यसै गरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै उनीहरुले आजै पदभार ग्रहण गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार