Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • टी-२० अन्तर्राष्ट्रिय वरीयतामा कुशल भुर्तेलको छलाङ

    टी-२० अन्तर्राष्ट्रिय वरीयतामा कुशल भुर्तेलको छलाङ

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 237
    SHARES

    काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका ब्याटर कुशल भुर्तेलले छलाङ मारेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेटपरिषद् (आईसीसी) ले बुधबार जारी गरेको नयाँ वरीयाताको टी-२० ब्याटिङमा कुशल एकै पटक ३१ स्थान सुधार गर्दै ९९ औं स्थानमा उक्लिएका हुन् ।



    सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट टीट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले आक्रामक खेलाडीको छवि बनाएका छन् ।



    ब्याटिङतर्फ नै दीपेन्द्रसिंह ऐरी ४६, कप्तान रोहितकमार पौडले ५९ र आसिफ शेख ६९औं स्थानमा छन्। पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान तल झर्दा रोहितले चार र आसिफले दुई स्थान सुधार गरेका छन्।

    टीट्वेन्टी ब्याटिङको वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका ट्राभिस हेड छन् । यस्तै भारतका सूर्यकुमार यादव दोस्रो, इङ्ल्यान्डका फिल साल्ट तेस्रो, पाकिस्तानका बाबर आजम चौथो र पाकिस्तानकै मोहमद रिजवान पाँचौं स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार