Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

    अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 159
    SHARES

    कैलाली । प्रहरीले कैलालीमा चार लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेका छन् ।



    उनीहरुलाई जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुरबाट अवैध सामानसहित पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।



    उनीको साथबाट ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरिएको बताइएको छ ।

    यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ।

    बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार