Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु : झापाको केर्खामा तनाव, प्रहरी बिटमा आगजनी

    दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु : झापाको केर्खामा तनाव, प्रहरी बिटमा आगजनी

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 543
    SHARES

    झापा । दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु भएपछि झापाको केर्खा बजारको स्थिति तनावपूर्ण छ ।

    काँकडभिट्टाबाट काठमाडौं हिँडेको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।



    त्यसपछि आक्रोशित स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् ।



    असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन्।

    स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार