Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे मन्त्रीपरिषद् पुनर्गठन

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे मन्त्रीपरिषद् पुनर्गठन

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 156
    SHARES

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।

    मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गर्दै तीनजना नयाँ मन्त्री थपेका हुन् ।



    मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन्।



    मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका छन् ।

    सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार