Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रास्वपालाई लक्षित गर्दै ओलीले भने – अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन

    रास्वपालाई लक्षित गर्दै ओलीले भने – अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 393
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाको प्रदर्शनलाई लक्षित गर्दै अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन् ।

    सत्तारुढ गठबन्धनमा रहेका दलहरूको बालुवाटारमा बसेको बैठकमा बोल्दै प्रधानमन्त्री ओ‌लीले यस्तो बताएका हुन् ।



    उनले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताए । लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने प्रधानमन्त्री ओ‌लीको भनाई छ।



    बैठकमा प्रधानमन्त्री ओ‌लीले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कमी नआउने बताएका थिए ।

    उनले सत्ता समीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए ।

    बैठकमा सरकारको १०० दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार