Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

    भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 258
    SHARES

    काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ ।

    बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएको हो ।



    सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ ।



    सत्तारुढ दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका कामको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भएको थियो।

    समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ ।

    सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।

    फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार