Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सभापति लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन गर्दै रास्वपा

    सभापति लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन गर्दै रास्वपा

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 135
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

    रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आज दिउँसो १२ः३० बजे पोखराको सृजना चोकमा भेला भएर विरोध प्रदर्शनमा सहभागी हुन् आग्रह गरेको हो ।



    पोखरा लगायत देशैभरिका जनताहरूले देखाएको राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि आभार व्यक्त गर्दै पार्टीले अन्यायविरुद्धको लडाईमा आज पनि सहभागी भइदिन आग्रह गरेको छ ।



    सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेदेखि नै पार्टीले लगातार विरोध प्रदर्शन गर्दै आएको छ । लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार