Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा-नयाँ शक्ति

    बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा-नयाँ शक्ति

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 72
    SHARES

    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५, २६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो ।



    सभापति बाबुराम भट्टराइको नेतृत्वमा बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।



    विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।

    अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार