Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • लागूऔषधसहित दुईजना पक्राउ

    लागूऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 72
    SHARES

    पोखरा । लागूऔषधसहित पोखराबाट दुईजना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका-५ का ३० वर्षीय बल बहादुर विश्वकर्मा र धौलागिरी गाउँपालिका-४ का ३५ वर्षीय नर कुमारी घर्ती रहेका छन् ।

    घर्तीले टोपीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    पोखरा महानगरपालिका(२५ हेम्जामा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गरेको थियो ।



    सोही क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने बेला उनीहरूको साथबाट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार