Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

    बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 174
    SHARES

    काठमाडौं । प्रहरीले बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार सल्यानको बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर पाँगा बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई पक्राउ गरेको हो ।



    उनीविरुद्ध २ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कार र गर्भपतनको जाहेरी परेको थियो ।



    पछि उच्च अदालत सुर्खेतको २४ वैशाख २०८१ मा उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको सीआईबीका प्रवक्ता होबिन्द बोगटीले जानकारी दिए ।

    उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार