Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • एमालेले सोध्यो रावल, पाण्डे र उषाकिरणलाई सात दिने स्पष्टीकरण

    एमालेले सोध्यो रावल, पाण्डे र उषाकिरणलाई सात दिने स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 165
    SHARES

    काठमाडौं । नेकपा एमालेले आफ्ना तीन नेतालाई स्पष्टीकरण सोधेको छ ।

    एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई मंगलबार सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।



    महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई पत्र पठाएका हुन् ।



    एमालेको सचिवालय बैठकले पार्टी लाइनविपरीत बोलेको भन्दै तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार मंगलबार सात दिने स्पष्टीकरण सोधिएको हो ।

    एमालेले विवादित व्यापारी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने र उनले नै केन्द्रीय कार्यालय बनाइदिने निर्णय गरेको थियो ।

    गुरुङकै उपस्थितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा दशैंको बेला कार्यालय भवनको शिलान्यास गरेका थिए । विवादित व्यापारी र व्यवसायीबाट दान लिएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार