Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • नेपाल प्रहरीका दुई एसपीको जागिर धरापमा

    नेपाल प्रहरीका दुई एसपीको जागिर धरापमा

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 975
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई एसपीमाथि गम्भीर प्रकृतिको घटनामा छानविन अघि बढेको छ ।

    एसपी कमल थापा र नवराज कार्कीमाथि छानविन अघि बढेको हो ।



    एसपी थापाको हनि ट्रयापिङ गिरोहसँग साँठगाँठ देखिएको छ भने एसपी कार्कीले क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग पैसा असुल्ने गरेको प्रमाण भेटिएको छ ।



    जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखका रुपमा उनले बदमासी गरेका हुन् । उनलाई त्यहाँबाट हटाएर छानविन सुरु भएको छ ।

    एसएसपी भिमप्रसाद दाहालको नेतृत्वमा छानविन सुरु भएको छ । इन्स्पेक्टर विक्रमबहादुर भट्टराईमार्फत उनले पैसा असुलेको पुष्टि भइसकेको छ ।

    सो कुरा भट्टराईले स्वीकार गरिसकेकाले यसमा एसपीको समेत जागिर जाने देखिएको छ।

    साथै एसपीले खटाएका घुमुवाहरु हवल्दार राजकुमार श्रेष्ठ र खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर छानविन सुरु भएको स्रोत बताउँछ ।

    एसपी थापालाई पनि अख्तियारबाट हटाइएको छ । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापा मुछिएका हुन् ।

    सो गिरोहका नाइके ताज इस्लामसँग उनको निकटतम सम्बन्ध देखिएको छ ।

    उनै एसपी थापाले भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीलाई चिनजान गराएर पैसा असुल्न सघाएका थिए ।

    पैसा असुलिएकै दिन इस्लाम र एसपी थापाबीच आधा घन्टा गोप्य भेटघाट भएको प्रहरी छानविनमा खुलेको छ ।

    इन्सपेक्टर शाही अझै फरार रहेकाले पनि एसपी थापामाथिको अनुसन्धान अघि बढ्न सकेको छैन ।

    ललितपुर प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । विस्तृतमा छानविन र कारबाही भएमा दुवै एसपीको जागिर जाने केस रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार