Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • ५ लाख धरौटीमा छुटे हाँस्य कलाकार इकु

    ५ लाख धरौटीमा छुटे हाँस्य कलाकार इकु

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 30
    SHARES

    काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।



    न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।



    अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएका हुन् ।

    कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीइआबी)ले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार