Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सभामुख घिमिरेले दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई बोलाए

    सभामुख घिमिरेले दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई बोलाए

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 81
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।

    सभामुख घिमिरेको सचिवालयका अनुसार संसद्‌को आगामी अधिवेशनमा बिजनेस अभाव नहोस् भनेर सभामुखले सभापतिहरूलाई आज बिहान साढे ११ बजेका लागि छलफलमा बोलाएका हुन् ।



    अधिवेशन नभएको अवस्थामा सांसदहरू उपत्यकाबाहिर हुने र समितिको बैठकमा गणपूरक संख्या ९कोरम० पुर्‍याउन पनि कठिन भएको गुनासो सम्बन्धित समितिका सभापतिहरूले सभामुखसँग गुनासो गर्ने गरेका छन् ।



    त्यसैले आज सभामुखले दफाबार छलफलका लागि विधेयक रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग बैठक गर्न लागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार