Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • रवि पक्राउबारे प्रधानमन्त्रीले खोले मुख, भने – मैले त व्यक्ति तोकेर समिति गठन नगरौं भनेकै हुँ

    रवि पक्राउबारे प्रधानमन्त्रीले खोले मुख, भने – मैले त व्यक्ति तोकेर समिति गठन नगरौं भनेकै हुँ

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 450
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने पक्राउबारे मुख खोलेका छन् ।

    सोमबार पाँच विपक्षी दलहरूको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले व्यक्ति तोकेर छानबिन समिति गठन नगरौं भनेको थिए । तर प्रतिवेदन आएपछि कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।



    उनले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभइ अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको बताए ।



    संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघिबढेको उनको भनाई छ ।

    ‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मलाई केही लिनुदिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौं भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौं भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार