Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • झापाबाट १३ जना जुवाडे पक्राउ

    झापाबाट १३ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 93
    SHARES

    फाइल तस्विर

    झापा । झापाको हल्दिबारीबाट १३ जना जुवाडे नगदसहित पक्राउ परेका छन् ।

    गएराति हल्दिबारी १ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।



    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५ रुपैयाँ, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड २ थान बरामद गरेको छ ।



    उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार