Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • अब आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा

    अब आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 105
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ । त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको हो ।

    शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय भएको उल्लेख गरेकी छन्।



    ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ। उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा पनि लागू गर्ने निर्णय गरेको छ। हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ’, उनले फेसबुकमा भनेकी छन् ।



    त्रिविले यसअघि नै प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोध्ने तयारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार