काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ११-० को फराकिलो जित हासिल गरेको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा रेखा पौडेलले ५ गोल र प्रिती राईले ३ गोल गरिन् ।
यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक-एक गोल गरे । नेपालले पहिलो हाफमै गोलको वर्षा गर्दै माल्दिभ्सलाई दबाबमा राखेको थियो ।
यससँगै नेपालले ४ अंक जोडेको छ। यसअघि भुटानसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।
Leave a Reply