Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगायो : बाबुराम भट्टराई

    सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगायो : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 147
    SHARES

    कास्की । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

    सोमवारबाट पोखरामा सुरु भएको पार्टीको विधान अधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो आरोप लगाएका हुन् ।



    उनले ओम्नी, सहकारी, भुटानी शरणार्थी प्रकरणलगायतका काण्डहरूमा ठुला दलका सबैजसो नेताहरू संलग्न रहे पनि सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगाउने काम गरेको आरोप लगाए ।



    सबै दलहरू भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरूलाई समेत छानबिन गर्नका लागि एक छुट्टै संस्थाको आवश्यक रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार