Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • अदालतले रविलाई बुधबार छोड्ने सन्तोष परियारको दाबी

    अदालतले रविलाई बुधबार छोड्ने सन्तोष परियारको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 459
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभापति रवि लामिछाने बुधबार छुट्ने दाबी गरेका छन् ।

    सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले सो दाबी गरेका हुन् । उनले सभापति रविलाई अदालतले बुधबार छोड्ने दाबी गरे ।



    उनले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए ।



    सरकारविरुद्ध लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको प्रमुख सचेतक परियारको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार