काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालबाट रेखा पौडेलले दुई गोल गरिन् ।
यस्तै, प्रीति राई र सविता रानामगरले समान एक गोल गरिन् ।
समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।
Leave a Reply