Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • प्रहरी सेवा केवल जागिर मात्रै होइन्, यो जीवनशैली हो : आईजीपी कुँवर

    प्रहरी सेवा केवल जागिर मात्रै होइन्, यो जीवनशैली हो : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 135
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले पोस्ट ग्रया्जुयट डिप्लोमा इन पुलिस साईन्स कार्यक्रमको उद्‍घाटन गरेका छन् ।

    आईजीपी कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पिजिडिपिएस कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औं समूह १४ औं ब्याचको उद्घाटन गरेका हुन् ।



    कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवं सुदृढिकरण गर्नुपर्ने बताए ।



    आईजीपी कुँवरले सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न र सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने बताए ।

    उनले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित हुने, असाह्य, पीडित र अन्यायमा परेका हरेक नागरिकको आड र भरोसाको केन्द्र रहेको बताए ।

    संगठनमा आवद्ध भएर प्राप्त हुने कर्म र धर्मको समिश्रणको सौभाग्य धेरै कमलाई मात्र प्राप्त हुने भएकोले देश र नागरिकको सेवामा समर्पित हुनुपर्ने उनको भनाई छ ।

    भविष्यको मार्गचित्र आधारभूत तालिमका दौरानमा नै तयार हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको अधिकृत हुनुमा जति गर्व जोडिएको छ यो सँगै जोडिएर आउने चुनौतिहरूको दायरा पनि त्यतिकै बृहत्तर रहेको बताए ।

    प्रहरी सेवा केवल जागिर मात्र नभई एउट जीवनशैली भएको उनले बताए । नागरिकबाट एक कुशल प्रहरी अधिकृतका रूपमा रूपान्तरण हुन आवश्यक पर्ने सैदान्तिक र व्यवहारिक ज्ञान आर्जन पश्चात मात्र सम्भव हुने हुँदा हरेक प्रहरी अधिकृतहरूलाई आधारभूत तालिमको विशेष महत्व हुने आईजीपी कुँवरले बताए ।

    आईजीपी कुँवरले बद्लिदो परिवेशमा प्रहरीको चुनौति, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएको बताए ।

    संगठित अपराधको वृद्धि एवं प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै विगतको दशकमा पुलिसिङमा धेरै परिवर्तन र विकास भएको आईजीपी कुँवरको भनाई छ ।

    सोही अनुरूप विगत र वर्तमानलाई मात्र नभई भविष्यमा समेत सक्षम र दक्ष ठहरिने गरी प्रशिक्षण कार्यक्रमहरू संचालन हुन आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार