Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • ब्राजिलका राष्ट्रपति ब्रिक्स सम्मेलनमा सहभागी नहुने

    ब्राजिलका राष्ट्रपति ब्रिक्स सम्मेलनमा सहभागी नहुने

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 63
    SHARES

    एजेन्सी । ब्राजिलका राष्ट्रपति लुला डा.सिल्भा रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नपाउने भएका छन्।

    टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका हुन् ।



    ब्राजिलका राष्ट्रपति आफ्नै घरमा दुर्घटनामा परेका थिए । जसमा उनको टाउकोमा चोट लागेको छ ।  लुला दा सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्ने कार्यक्रम थियो।



    राष्ट्रपति लुला दा सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको छ। ‘ब्रिक्स’ पाँच विकासशील देशहरूको समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन् ।

    रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार