Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • एमालेको चिन्ता अरुले गर्नु पर्दैन, आवधिक निर्वाचनले परीक्षण गर्छ : शंकर पोखरेल

    एमालेको चिन्ता अरुले गर्नु पर्दैन, आवधिक निर्वाचनले परीक्षण गर्छ : शंकर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 66
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् ।

    सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए ।



    सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि !



    नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छ ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाह छ। त्यही भएर नै नेकपा एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।’

    कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार