Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेट

    अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेट

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 126
    SHARES

    काठमाडौं । अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले पाँचौ विकेट लिएको छ । ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।

    उनले व्यक्तिगत तेस्रो विकेट लिए । उनले शायान जान्हजिरलाई अनिल शाहको हातबाट ९ रनमा क्याच आउट गराए ।



    यस्तै उनले तेस्रो विकेटका रुपमा साईतेजा मुक्कामल्लालाई ६८ रनमा बोल्ड आउट गरे । त्यसअगाडी ७.३ ओभरमा राजवंशीको बलमा रिजन ढकालले एरोन जोन्सलाई क्याच आउट गरे । उनले १३ रनको योगदान गरे।



    यस अगाडि रिजन ढकालले दोस्रो विकेट लिएका थिए । उनले अमेरिकाका एन्ड्रिज गौस २ रनमा आउट गरेका हुन्।

    त्यसैगरी सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका थिए । टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार