Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • कैलालीबाट साढे चार ग्राम लागूऔषधसहित दुईजना पक्राउ

    कैलालीबाट साढे चार ग्राम लागूऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 54
    SHARES

    कैलाली । प्रहरीले साढे चार ग्राम लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार साँझ भजनी नगरपालिका १ गोदाम टोलमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोईनसहित उनीहरूलाई पक्राउ गरेको हो ।



    सुशिल साउदको शरीर तलासी गर्दा प्लास्टिकको पोकोमा लुकाएर राखेको अवस्थामा खैरो रंगको धुलो पदार्थ फेला परेको थियो, जुन लागू औषध खैरो हेरोइन भएको आशंका प्रहरीले गरेको छ ।



    पक्राउ परेका साउदसँगै २७ वर्षीय वीरेन्द्र बिष्टलाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार