Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

    प्रधानमन्त्री ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 255
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटवार्तामा सो छलफल भएको हो । आज बसेको एमाले सचिवालय बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि म्यान्डेट लिएको स्रोतले बतायो ।



    सोही अनुसार ओलीले छलफलका लागि देउवालाई बोलाका थिए । दल विभाजन गर्नका लागि कति प्रतिशत संसदीय दल र केन्द्रीय सदस्य हुने भन्ने विषयमा ओली र देउवाबीच कुरा मिलेको छैन ।



    तर, एमालेको योजनामा विभिन्न दलहरू विभाजनको प्रयास भइरहेको भन्दै विपक्षी दलले शुक्रबार बैठक नै बसेर विरोध गरेका थिए ।

    सभापति देउवा परराष्ट्रमन्त्री आरजु राणा, महामन्त्री गगन थापालाई लिएर बालुवाटार पुगेका थिए । एमालेका तर्फबाट प्रधानमन्त्री ‌ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार