Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • हनी ट्रयाप प्रकरण : एसपी थापा छानबिनमा, तानिए हेडक्वार्टर !

    हनी ट्रयाप प्रकरण : एसपी थापा छानबिनमा, तानिए हेडक्वार्टर !

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापालाई हेडक्वार्टर फिर्ता बोलाइएको छ । हनी ट्रयाप प्रकरण नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट फिर्ता बोलाएको हो ।

    उनलाई दशैं बिदालगत्तै हेडक्वार्टर तानिएको स्रोतले बतायो । डीएसपी नरहरि अधिकारी नेतृत्वको समितिले एसपी थापामाथि अनुसन्धान गर्न सुझाव दिएको थियो । अहिले प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरिरहेको छ ।



    एसपी थापा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको प्रकरणमा संलग्न रहेको आरोप छ । घटनाको समयमा एसपी थापा र हनिट्रयापिङको रकम असुलीमा मुछिएका ताज स्लामबीच पटपटक कुराकानी र भेटघाट भएको छानबिनमा खुलेको छ ।



    यो घटनामा पक्राउ पुर्जी जारी भएकी प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही फरार छन् । भैंसेपाटी प्रभागमा रहँदा उनले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेर छाडेकी थिइन् ।

    त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शाहीलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो ।
    व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन् ।

    थुनामा हुनेमा सुस्मा बिक र इटहरी घर भएका ताज इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल रहेका छन् । उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार